वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
हुलाक सेवा विभाग तथा हुलाक निर्देशनालय सुर्खेत अन्तर्गत यस जिल्ला हुलाक कार्यालय पहाडी जिल्ला दैलेखको नारायण नगरपालिका-1 नयाँबजारमा अवस्थित रहेको छ । यस कार्यालयको भौतिक संरचना 3 तलाको14 कोठे पक्की भवन जसमा , 5 सटर कोठा रहेको जस मध्य 1 मा चिठ्ठिपत्र दर्ता काउण्टर रहेको छ । यस कार्यालय अन्तर्गतका पालिका स्तरका हुलाक कार्यालयहरुको संख्या 10 र अतिरिक्त हुलाक कार्यालयहरुको संख्या 47 रहेकोमा 3 वटा कार्यालय स्वत: खारेज भएकोले हाल 44 रहेको छ । यस कार्यालयले जिल्ला भरीको डाँक व्यवस्थापन र सञ्चालन तथा अन्य जिल्लाबाट प्राप्त डाँक वितरण, चिठ्ठिपत्र दर्ता ,हुलाक टिकट विक्री, जस्ता सेवाहरु संचालन गर्दै आएको छ । साथै यस कार्यालयले पत्रपत्रिका दर्ता/नविकरण एफ एम नविकरण, अनुगमन लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रशारण अनुगमन तथा राष्ट्रिय सूचना आयोगले तोके बमोजिम यस जिल्लाको अन्य कार्यालयहरुले गरेका सूचनाको हक सम्बन्धी गरेका कामको अनुगमन निरीक्षणको काम पनि गर्दै आएको छ । यस कार्यालयमा हुलाक अधिकृत, नायब सुब्बा, खरिदार, सहलेखापाल, हल्कारा, हुलाकी र कार्यालय सहयोगी गरी कुल दरबन्दी संख्या 65 रहेको छ ।